अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१५ | Colorodo: 04:30

साउदी र यूएईले यमनलाई तीन अर्ब ५० करोड अमेरिकी डलर सहयोग गर्ने

बिआरटीनेपाल २०७८ चैत २५ गते ६:५० मा प्रकाशित

साउदी अरब र संयुक्त अरब इमिरेट्स यूएईले द्वन्द्वग्रस्त यमनलाई तीन अर्ब ५० करोड अमेरिकी डलर सहयोग गर्ने भएका छन् ।यमनी राष्ट्रपति अब्द–रब्बु मनसुर हाडीको नेतृत्वमा रहेको परिषद्को गठनपछि यमनका लागि सहयोगको घोषणा गरिएको हो ।

साउदी अरब र यूएईले संयुक्त रूपमा प्रस्तावित दुई अर्ब डलर र संयुक्त अरब इमिरेट्स यमनको केन्द्रीय बैंकमार्फत यमनमा आधारभूत सहयोगका लागि रकम दिइने भएको हो। यो सहयोग रकम पेट्रोलियम पदार्थ तथा विकास परियोजनामा खर्च गरिनेछ । यसैबीच, साउदी अरबले यमनी परिषद्लाई हुथी विद्रोहीसँग वार्ता सुरु गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू