अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२४ | Colorodo: 05:39

न्यान्सीले ताईवान भ्रमण गरे कडा कदम चाल्ने चीनको चेतावनी

बिआरटीनेपाल २०७८ चैत २५ गते ६:३१ मा प्रकाशित

न्यान्सी पोलेसीको ताईवान भ्रमणको विषयलाई लिएर अमेरिका र चीनबीचको विवाद पुनः उत्कर्षमा पुग्ने देखिएको छ । अमेरिकी प्रतिनिधिसभाकी सभामुख पोलेसीले आगामी हप्ता ताइवान भ्रमण गरे कडा कदम चाल्ने चीनले चेतावनी दिएसंगै दुई मुलुकबीच तिक्तता बढ्ने देखिएको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले अमेरिका र ताइवानबीच हुने आधिकारिक वा औपचारिक अन्तरक्रियाको बेइजिङले दृढतापूर्वक विरोध गर्ने बताएका छन् । सम्भावित भ्रमणबारे पेलोसीको कार्यालय वा ताइवान सरकारले पुष्टि नगरेपनि केहि अन्तराष्ट्रिय सञ्चारमाध्यममा न्यन्सीको भ्रमणबारे समाचार सार्वजनिक भएका थिए ।

यो सँगै चीनले भ्रमणबाट चीन–अमेरिका सम्बन्धमा खराब असर पार्ने चेतावनी दिएको हो । प्रवक्ता लिजियानले यो यात्रा रद्द गर्नुपर्नेमा जोड दिँदै अमेरिकाले आफ्नै तरिकाले अघि बढे राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्न कडा कदम चाल्ने चेतावनी दिएका छन् ।

साथै यसबाट उत्पन्न हुने सबै सम्भावित परिणामको भागिदार अमेरिका आफै हुने पनि प्रष्ट पारेका छन् । यद्यपि, उनले यसबारे विस्तृत विवरण भने दिएका छैनन् । चीनले एक चीन नीति अन्तर्गत ताइवानलाई आफ्नो हिस्सा मान्दै आएको छ । तर, ताइवानलाई सैन्य र राजनीतिक रूपमा अमेरिकाले समर्थन गर्दै आएको छ । यसै विषयलाई लिएर दुई मुलुकबीच वाक युद्ध चलिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू