अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१७ | Colorodo: 05:32

मानवअधिकार परिषदबाट रुस निलम्वित

बिआरटीनेपाल २०७८ चैत २५ गते ६:२४ मा प्रकाशित

संयुक्त राष्ट्रसंघीय महासभाले रुसलाई सयुक्त राष्ट्र संघीय मानवअधिकार परिषदबाट निलम्वन गरेको छ । महासभाको बिहिबार बसेको बैठकले युक्रेनको बुचा शहरमा रुसी सैनिकले नरसंहार मच्चाएको आरोपमा परिषदबाट निलम्वन गर्ने निर्णय गरेको हो । तर, रुसले भने निलम्वनको निर्णयलाई अवैध भन्दै त्यसलाई स्वीकार नगर्ने बताएको छ । अमेरिकी पहलमा रुसलाई निलम्वन गर्ने सम्बन्धि प्रस्ताव लगिएको थियो ।

जसमा मतदान हुँदा ९३ देशले प्रस्तावको पक्षमा भोट हालेका थिए भने, ५८ देशले मतदान बहिष्कार गरेका थिए । त्यस्तै, प्रस्तावको विपक्षमा भोट हाल्ने देश २४ जना थिए । यस अघि सन् २००६ मा महासभाले लिवियालाई यसैगरी मानवअधिकार परिषदबाट हटाउने निर्णय गरेको थियो ।

मतदान हुनुअघि महासभाले बुचा शहरमा नरसंहार मच्चाएको भन्दै रुस विरुद्ध निन्दा प्रस्ताव पनि पारित गरिएको थियो । परिषद ४७ जना सदस्य राष्ट्रहरु रहने गर्दछन् । रुसले भने बुचा शहरमा नरसंहार गरिएको भन्ने आरोप झुठो रहेको भन्दै स्वतन्त्र जाँचको माग गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू