अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०८ | Colorodo: 06:23

कोस्टारिकमा आपतकालीन अवतरणको क्रममा विमान दुर्घटना

बिआरटीनेपाल २०७८ चैत २५ गते ६:१९ मा प्रकाशित

मध्य अमेरिकाको कोस्टारिकामा आपत्कालीन अवतरणका क्रममा कार्गो विमान दुर्घटनामा परेको छ । बिहीबार बिहान साढे १० बजे विमान सान्ता मारिया विमानस्थलबाट उडेको २५ मिनेटमै केही समस्याहरू देखिएपछि आपतकालीन अवतरण गर्दा दुर्घटनामा परेको हो ।

विमान आपतकालिन अवतरणका लागि जमिनतिर झार्दै गर्दा विमान बीचबाटै फुटेर दुई टुक्रा भएको अन्तर्राष्ट्रिय खबरहरूले जनाएका छन् ।जर्मनी कम्पनी डीएचएलको पहेँलो रङको विमान जमिनमा छुने बित्तिकै धुँवा निस्किन सुरू भएको थियो । सोहि क्रममा हवाई जहाज दुई टुक्रामा विभाजन हुन पुर्‍यो ।

विमानमा दुई जना चालक मात्र थिए, उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ । दुर्घटनापछि साँझ ६ बजेसम्म विमानस्थल बन्द गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू