अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०९ | Colorodo: 03:24

आर्थिक सङ्कट पार लगाउने उपाय खोज्न श्रीलङ्काका राष्ट्रपतिद्वारा विज्ञ समूह गठन

बिआरटीनेपाल २०७८ चैत २४ गते ८:२३ मा प्रकाशित

श्रीलङ्काली राष्ट्रपति गोटबाया राजपाक्षेले अर्थतन्त्र सुधारका लागि विज्ञ समूह नियुक्त गर्नुभएको छ । राष्ट्रपतिले अर्थतन्त्र, दिगो विकास र ऋणसम्बन्धी व्यवस्थाको अध्ययन गरी सुझाव दिनका लागि एक विज्ञ समूह नियुक्त गरेको समाचार संस्था एएफपीले जनाएको छ । विज्ञ समूहले गम्भीर आर्थिक सङ्कटमा परेको देशलाई कसरी पार लगाउने भनेर विभिन्न क्षेत्रको अध्ययन गर्नेछ । समूहमा श्रीलङ्काको केन्द्रीय बैंकका पूर्व गभर्नर, विश्व बैंकका पूर्व प्रमुख अर्थशास्त्री र अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफका पूर्व निर्देशक रहनुभएको छ । आर्थिक सङ्कटमा फसेको श्रीलङ्काका २६ जना मन्त्री र गभर्नरले राजीनामा दिइसकेका छन् ।

श्रीलङ्कामा आर्थिक सङ्कट चुलिएसँगै नागरिकले दैनिक उपभोग्य वस्तु पाउन छाडेका छन् । कागज किन्ने पैसा नहुँदा माध्यमिक तहका विद्यार्थीको परीक्षा रोकिएको छ, केही अस्पतालमा शल्यक्रिया प्रभावित भएको छ । डिजल/पेट्रोल नहुँदा सार्वजनिक गाडी र ठूला उद्योग पनि बन्द भएका छन् । देशमा दैनिक १६ घण्टाभन्दा धेरै लोडशेडिङ सुरु भएको छ । अर्थ व्यवस्था बिगारेको भन्दै नागरिकले राष्ट्रपति राजपाक्षेको राजीनामा माग गर्दै आन्दोलन चर्काएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू