अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५१ | Colorodo: 06:06

युक्रेनको बुचा नरसंहारको विरुद्ध विश्वव्यापी क्रोध, विभिन्न देशहरूमा प्रतीकात्मक प्रदर्शनहरू

बिआरटीनेपाल २०७८ चैत २४ गते ८:१३ मा प्रकाशित

युक्रेनमा रुसको आक्रमण आज ४३ औं दिन पनि जारी छ ।रुसले युक्रेनका विभिन्न शहरमा नरसंहार गरेको समाचारहरु आइरहेका छन् । युक्रेनको होस्टोमेल शहरमा हराइरहेका मानिसहरुको खोजी गर्ने क्रममा एउटा ग्यारेजबाट ११ जनाको शव फेला परेको छ । रुसी सेनाले यी सर्वसाधारणको हत्या गरेको दाबी छ । यसअघि रुसी सेना अर्काे शहर बुचाबाट बाहिरिएपछि बुचामा भएको नरसंहारको पर्दाफास भएको थियो ।

राजधानी कीभ युद्ध क्षेत्रबाट रुसी सेनाहरू फर्किने क्रममा जथाभाबी बुचामा ४ सय भन्दा बढि मानिसहरूको हत्या गरेको युक्रेनले दाबी गरेको छ ।बुचामा भएको नरसंहारको युक्रेनका राष्ट्रपति भेलोदिमिर जेलेन्स्की रुसी आक्रमणविरुद्ध कडा कदम चाल्न संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्लाई अपिल गरेका थिए ।

बुचामा भएको हत्यालाई लिएर जमर्नीको सहर बर्लिनमा संसद भवनका अगाडी मानिसहरू बिरोध प्रर्दशनीमा उत्रिएका छन् । उनीहरूले युक्रेनमाथि भएको हिंसालाई रोक्नुपर्ने र रुसलाई कडा कारबाही हुनुपर्ने माग गरिरहेका छन् । जर्मनी र जर्जियाको राजधानीहरूमा सांकेतिक प्रदर्शनहरू भइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू