अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१७ | Colorodo: 05:32

करिब २४ सय रुसी सैनिक युक्रेनबाट फिर्ता भएको अमेरिकाको दाबी

बिआरटीनेपाल २०७८ चैत २४ गते ८:०८ मा प्रकाशित

 रुसले आफ्ना करिब २४ सय सैनिक युक्रेनबाट फिर्ता बोलाएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । युक्रेनको राजधानी कीभ र चेर्निहिभ शहरमा रहेका रुसी सैनिक बेलारुस र रुसमा फिर्ता गरिएको र उनीहरुलाई पुनः सुदृढीकरण गर्न फिर्ता गरिएको अमेरिकी दाबी छ ।

तर, पेन्टागनकै एक वरिष्ठ अधिकारीले भने रुसी सेना फेरि पनि फर्किन सक्ने बताएका छन् । कीभबाट फिर्ता गरिएका रुसी सेनाले तत्काल युद्ध लड्नसक्ने अवस्था नरहेको दाबी पनि गरिएको छ । युक्रेन पठाइएका १३० रुसी बटालियन मध्ये ८० बटालियन अझै युक्रेनमै रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू