अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२६ | Colorodo: 20:41

१७ औं फेवा नववर्ष सडक महोत्सव हुने

बिआरटीनेपाल २०७८ चैत २४ गते ८:०१ मा प्रकाशित

कोरोना महामारीबाट सिथिल बनेको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले १७ औं फेवा नववर्ष सडक महोत्सव हुने भएको छ । नेपाली संस्कृतिको संरक्षण र खानाको प्रवर्द्धन गर्ने उद्देश्यले ‘पर्यटन, संस्कृति र खाना’ भन्ने नाराका साथ चैत ३० गते देखि वैशाख १ गतेसम्म १७ औं फेवा नव वर्ष सडक महोत्सव हुने भएको हो ।कोरोना महामारीको कारण दुई वर्ष रोकिएको सडक महोत्सव पोखराको पर्यटन पुन उत्थानको लागि सडक महोत्सव गर्न लागेको होटल संघ पोखराका अध्यक्ष तथा महोत्सवका संयोजक लक्ष्मण सुवेदीले बताउनुभयो ।

उहाँले पछिल्लो समय नेपाली नयाँ वर्ष पनि उत्साहका साथ मनाउन थालिएकाले पोखरा सडक महोत्सवमा १ लाख भन्दा बढी आन्तरिक पर्यटन आउने अनुमान रहेको बताउनुभयो । संयोजक सुवेदीले महोत्सवमा ३५ लाख खर्च हुने बताउनुभयो ।

त्यस्तै, होटल संघ नेपालमा वरिष्ठ उपाध्यक्ष विनायक शाहले कोरोना महामारीको कारण शिथिल बनेको पर्यटन प्रवर्द्धन गर्न सरकारले बजेट मार्फत केही नीति ल्याए पनि कार्यान्वयन नगरेको बताउनुभयो । सरकारले नीति ल्याउने तर काम नगर्ने भएकाले पर्यटन व्यवसायीहरु आफै पोखराको पर्यटन प्रवर्द्धन गर्न पोखरा सडक महोत्सव गर्न लागिएको शाहले बताउनुभयो ।

महोत्सवमा विभिन्न प्रकारका खानाका परिकार, विभिन्न सांस्कति झाँकी प्रस्तुती,ख्याती प्राप्त कलाकार प्रस्तुती र हाँस्यव्यग्य समेत हुनेछ

प्रतिक्रिया