अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४३ | Colorodo: 15:58

शिक्षा क्षेत्रको विकासमा राष्ट्रपतिको जोड

बिआरटीनेपाल २०७८ चैत २० गते ८:०८ मा प्रकाशित

राष्ट्रपति विद्या भण्डारीले शिक्षा क्षेत्रको विकासमा जोड दिनुपर्ने बताउनुभएको छ । भुकम्पले क्षती पुर्याएको सिन्धुपाल्चोकस्थित पाँच पोखरीको थाङ्पाल भ्याली विद्यालयको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । विद्यालयलयको आज (आइतबार) उद्घाटन गर्दै भण्डारीले विद्यालय स्थापनाले शिक्षा क्षेत्रको विकासमा सहयोग पुग्ने बताउनुभएको हो।

उहाँले विनासकारी भुकम्पले शिक्षा क्षेत्रमा पुर्याएको क्षतीपछि बनेको विद्यालय भवनले यस क्षेत्रको शिक्षामा थप टेवा पुग्ने विश्वास समेत व्यक्त गर्नुभएको छ । त्यस्तै, उद्घाटन कार्यक्रममा बोल्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देबेन्द्र पौडेलले पनि विद्यालयको विस्तारले शिक्षा क्षेत्रमा टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभयोे ।

उहाँले सरकारी विद्यालयको भौतिक तथा शैक्षिक विकास गर्न सरकार प्रतिवद्ध रहेको समेत बताउनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू