अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४० | Colorodo: 15:55

वैशाखमा आगलागी र डढेलोबाट २६ जनाकाे ज्यान गयाे

बिआरटीनेपाल २०८१ वैशाख ३१ गते ६:५६ मा प्रकाशित

वैशाखमा सुक्खा र गर्मी बढेसँगै भएका आगलागी र वन डढेलोका घटनाबाट २६ जनाको ज्यान गएको छ । एक महिनामै आगलागीका घटनामा २० जना र वन डढेलोमा परेर छ जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । यस्तै ८३ जना घाइते भएका छन् । आगलागीबाट एक हजार तीन सय ६४ र डढेलोबाट चार सय सात घरपरिवार प्रभावित भएका छन् । यस्तै वैशाखामा चट्याङबाट आठ जनाको ज्यान गएको छ ।

वैशाखमा इतिहासकै धेरै वन डढेलो भएको वन तथा भू–संरक्षण विभागले जनाएको छ । यस वर्ष हिउँदे वर्षा कम भएकाेले वन डढेलोका घटना बढेका विभागको वन डढेलो सूचना कक्षका वन अधिकृत गोविन्दकुमार श्रेष्ठले जानकारी दिनुभयो । यस्तै जलवायु परिवर्तनको असरका कारण पनि डढेलोका घटना जटिल बन्दै गएका विभागले जनाएको छ ।

प्रतिक्रिया