अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४५ | Colorodo: 05:00

मालीमा ३ सय विद्रोही मारिए

बिआरटीनेपाल २०७८ चैत २० गते ८:०७ मा प्रकाशित

अफ्रिकी मुलुक मालीमा सेनाको कारबाहीमा २ सय ३ जना बिद्रोही लडाकु मारिएका छन् । मालीको सालेश राज्यमा गत केही सातादेखि जारी कारबाहीमा उनीहरु मारिएको मालीको सेनाले दावी गरेको छ । कारबाहीकै क्रममा ५१ जना पक्राउ परेका छन् भने ठुलो परिमाणमा हातहतियार बरामद गरेको जनाइएको छ ।

दशकौंदेखि हिंसात्मक विद्रोह गर्दै आएको लडाकु समुह पछिल्लो समय सक्रिय हुन थालेपछी सेनाले उनीहरु बिरुद्ध कारबाही तीब्र बनाएको हो । मालीमा द्वन्द्का कारण हजारौं विस्थापित भइसकेको छन् । सो बिद्रोही समुहले पछिल्लो समय मालीको मोरा गाउँमा गरेको आक्रमणमा ३ सय नागरिकको ज्यान गएको थियो ।

मालीमा इस्लामिक स्टेट आइएस र अलकायदा सम्बद्ध बिद्रोही समूह सक्रिय छन् । करिब २ करोड १० लाख जनसंख्या रहेको मालीका विभिन्न शहर सन् २०१२ देखि विभिन्न विद्रोही र मिलिसियाको नियन्त्रणमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू