अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२७ | Colorodo: 23:42

प्रधानमन्त्री देउवाद्वारा बनारसमा वृद्धाश्रमको शिलान्यास

बिआरटीनेपाल २०७८ चैत २० गते ८:०६ मा प्रकाशित

भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक नगरी वाराणसीस्थित ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको भूमिपूजनसहित शिलान्यास गर्नुभएको छ । सो अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पनि उपस्थिति थियो।

नेपाल सरकारले वृद्धाश्रमका निम्ति एक करोड रुपैया विनियोजन गरेको छ । यद्यपि, भवन निर्माणको ठेक्का लगाउन भने बाँकी छ । नेपालबाट तीर्थयात्रामा यहाँ आउनेहरुका लागि उक्त वृद्धाश्रम निर्माण गर्न लागिएको हो। उक्त भवनमा ३५ कोठा रहनेछन्। भवन नेपाली शैलीको हुने जनाइएको छ। पुरातत्व विभागले भवनको नक्साङ्कनको काम गरिरहेको छ।

यसैबीच प्रधानमन्त्री देउवाको सम्मानमा मुख्यमन्त्री आदित्यनाथले आज त्यहाँ दिवाभोजको आयोजना गर्नुभयो । त्यसअघि उहाँहरुबीच पारस्परिक हित र चासोका विविध विषयमा विचार विमर्श भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू