अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३९ | Colorodo: 16:54

वर्तमान गठबन्धन प्रतिगमनकारीका विरुद्ध बनेको हो- अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७८ चैत २० गते ७:४९ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रतिगमनकारीको विरुद्ध बनेको गठबन्धन कायम रहिरहने बताउनुभएको छ । महोत्तरीमा प्राविधिक शिक्षालयको उद्घाटन गर्दै आज (आइतबार) उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशभित्र तथा बाहिरका प्रतिक्रियावादीहरुले प्रतिगमनकारीको विरुद्ध बनेको गठबन्धनलाई भत्काउन खोजे पनि त्यो सफल नहुने बताउनु भयो ।

उहाँले माओवादीले गरेका राम्रा कामको प्रचार गरेर स्थानीय तहको निर्वाचनमा घर–घरमा जानुपर्नेमा समेत जोड दिनुभएको छ । माओवादीले स्थानीय सरकारबाट समाजमा विकासको आधार तयार गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले दावी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू