अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५८ | Colorodo: 20:13

हैदराबाद हाउसमा नेपाल-भारतका प्रतिनिधिमण्डलबीच चार वटा सम्झौता पत्रमा हस्ताक्षर

बिआरटीनेपाल २०७८ चैत १९ गते ८:१८ मा प्रकाशित

भारतको नयाँदिल्लीस्थित हैदराबाद हाउसमा नेपाल भारतबीच विभिन्न चार वटा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाको तीनदिने भारत भ्रमणका क्रममा शनिवार नेपाल र भारतबीच चार वटा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

हैदराबाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा दुई देशका प्रतिनिधिमण्डलबीच उक्त सम्झौतमाहस्ताक्षर भएको हो । नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसम्बन्धी प्रविधिक सहयोग, पेट्रोलियम पदार्य आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कार्पोरेसनबीच प्रविधि विज्ञता आदानप्रदानसम्बन्धी सम्झौता भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू