अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२१ | Colorodo: 05:36

रुसी सेनाले युक्रेनको राजधानीको मुख्य विमानस्थल छाडेको अमेरिकी अधिकारीको दावी

बिआरटीनेपाल २०७८ चैत १९ गते ८:०८ मा प्रकाशित

एक महिना भन्दा लामो समयदेखि युक्रेनमा आक्रमण गरिरहेको रुसी सेनाले राजधानी किभमा रहेको मुख्य विमानस्थलबाट पछि हटेको छ ।राजधानीबाट २८ मिलोमटिर उत्तर पश्चिममा रहेको सो एन्टोभोन विमाननस्थलबाट रुसी सेना पछि हटेको जनाइएको छ । स्याटलाइटमार्फत लिएको तस्विरमा रुसी सेनाले विमानस्थल छोडेको पुष्टि भएको अमेरिकी अधिकारीहरुलाई उध्रित गर्दै सीएनएनले जनाएको छ ।

रुसी सेनाले आक्रमणका लागि प्रयोग गरेका बन्दो बस्तीका सामग्रीहरु मात्र सो क्षेत्रमा देखा परेको अधिकारीहरुले दावी गरेका छन् । फेब्रुअरी २४ मा विमानस्थल कब्जा गर्न रुसी सेनाले हवाई फायर गर्नुका साथै बम आक्रमण गरेको थियो ।

त्यसलगत्तै रुसी सेनाले इरपिन नदी र आसपासका सहर, एयर बेसको दक्षिण तथा होस्टोलको वरिपरी तीव्र रुपमा गोलाबारी गरेको थियो । रुसले यसअघि नै राजधानी किभ आसपासमा आफ्नो सैन्य गतिविधि कम गर्ने दावी गरेकोथियो । रुसले आफ्ना सेना बेलारुस फर्किएको दावी गरिएपनि त्यसको स्वतन्त्र पुष्टि हुन भने सकेकाे छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू