अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०७ | Colorodo: 01:22

बैङ्कमा १ सय ६४ किलो सुन थुप्रिएपछि सुन आयातको सिफारिस बन्द

बिआरटीनेपाल २०७८ चैत १६ गते ८:१५ मा प्रकाशित

नेपालका बैङ्कहरूमा १ सय ६४ किलो सुन मौज्दात बाँकी भएपछि नेपाल बैङ्कर्स सङ्घले सुन आयातका लागि सिफारिस दिन केही समयका लागि बन्द गरेको छ । हाल सुनको कारोबारमा कमी आएसँगै सुन व्यवसायीहरूले बैङ्कमार्फत सुन खरिद गर्न छोडे पछि सङ्घले सुन आयातका लागि सिफारिस दिन बन्द गरेको हो ।

चैतको सुरुमा करिब साढे २२ किलो सुन मौज्दात रहेकोमा १५ दिनमा १ सय ६४ किलो मौज्दात पुगिसकेको जनाएको छ । बैङ्कर्स सङ्घले सिफारिस दिएपछि बैङ्कहरूले कोटाअनुसार दुबईबाट सुन आयात गर्ने गरेका छन् । सुनको मौज्दात घटेपछि मात्र सङ्घले आयातका लागि सिफारिस दिने जनाएको छ ।

प्रतिक्रिया