अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४६ | Colorodo: 11:01

आउँदो चुनावमा २ वटा गठबन्धन बन्ने स्थिति छ- नेता खनाल

बिआरटीनेपाल २०७८ चैत १६ गते ८:०३ मा प्रकाशित

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आउँदो चुनावमा दुई वटा गठबन्धन बन्ने बताउनुभएको छ । आज बुधवार पार्टीले गैरआवासीय नेपाली सङ्घको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले आउँदो चुनावमा दुई वटा गठबन्धन बन्न सक्ने स्थिति रहेको बताउनुभएको हो ।

सम्मानित नेता खनालले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाका निम्ति पाँच दलीय गठबन्धन बनेको उल्लेख गर्दै आउँदा दिनमा पनि एकताबद्ध भएर जानका लागि सबैले निर्णय गरिसकेको बताउनुभयो । यस्तै नेता खनालले गैरआवासीय नेपाली र नेपाली जनताको बीचमा प्राकृतिक सम्बन्ध रहेको बताउनुभयो । आउँदा दिनमा पनि त्यो सम्बन्धलाई गहिरो, आत्मीय र घनिष्ठ बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू