अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१० | Colorodo: 18:25

आगामी शनिवार जनकपुर–जयनगर रेलको उद्घाटन हुने

बिआरटीनेपाल २०७८ चैत १५ गते ९:३१ मा प्रकाशित

जनकपुर–जयनगर रेल्वे सेवाको आगामी शनिबार उद्घाटन हुने भएको छ ।नेपाल र भारतका प्रधानमन्त्रीले भर्चुअल रुपमा सीमापार रेल सेवा सुरुवात गरेर रेलको उद्घाटन गर्ने तय भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । सन् २०१४ देखि रेलमार्ग स्तरोन्नतिका लागि भारतले रेल सेवा बन्द गरेको थियो । आगामी शुक्रबार भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल रुपमा रेल जयनगर–कुर्था (जनकपुर) रेल सेवाको पुनः सुरुवात गर्ने कार्यक्रम रहेको छ ।

रेल चलाउने गरी सरकारले ८ चैत २०७८ मा तेस्रोपटक रेलवे अध्यादेश जारी गरेको थियो ।भारतले नेपालतर्फको खण्डलाई ब्रोडगेजमा विस्तार गरेर स्पिड टेस्ट पनि गरेपछि भारतले नेपाल रेल्वे कम्पनीलाई रेलमार्ग हस्तान्तरण गरेको थियो । ३४ किलोमिटरको जनकपुर–जयनगर रेलमार्गमा ब्रोड गेज विस्तारका लागि सिभिलतर्फका सबै काम २०७५ सालमा नै सकिएको थियो ।

सरकारले पुस २०७५ बाट नै जनकपुर–जयनगर रुटमा रेल चलाउने घोषणा गरेको थियो ।तर, विविध कारण देखाए रेल चलाउन अलमल हुँदै आएको थियो ।  रेलमार्ग सञ्चालनका लागि नेपाल र भारतबीच ‘स्टान्डर्ड अपरेटिङ प्रोसिड्योर’ सञ्चालन प्रक्रियामा हस्ताक्षर भइसकेको छ ।

प्रतिक्रिया