अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५१ | Colorodo: 17:06

लगानी बोर्ड र महासंघबीच सम्झौता

बिआरटीनेपाल २०७८ चैत १३ गते ७:३७ मा प्रकाशित

लगानी बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघबीच लगानी सम्बन्धी समझदारी भएको छ । आइतबार एक कार्यक्रमकाबीच महासंघ र बोर्डबीच लगानी सम्बन्धी विस्तृत सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।अर्थमन्त्रीको उपस्थितिमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र महासंघ अध्यक्ष शेखर गोल्छाले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको हो । अर्थमन्त्री जनार्दन शर्माले अहिले विदेशी लगानी ल्याउनको लागि केही नीतिगत समस्या देखिएको अर्थमन्त्री शर्माले बताउनुभयो । उहाँले हरेक कुरामा लागत बढ्दै गएकाले सरकार लागत कम गर्ने प्रक्रियामा लागेको बताउनुभयो ।

नेपाल डुइङ बिजनेसमा ९६ औं स्थानमा रहेको भन्दै अर्थमन्त्री शर्माले त्यसलाई सुधार गरेर १५ औं स्थानमै ल्याउनु पर्ने बताउनुभयो । उहाँले डुइङ बिजनेसमा सुधार गर्नको लागि नीजि क्षेत्र र लगानी बोर्ड लाग्नु पर्नेमा पनि जोड दिनुभयो ।त्यस्तै अर्थमन्त्री शर्माले आयोजनाहरुले नै ऋण तिर्न सक्नेगरी लगानी योजना बनाउनु पर्ने बताउनुभयो । अब हामीले योजना बनाउदा ऋण जनताको टाउकोमा बोकाउन नहुने भन्दै मन्त्री शर्माले आयोजनाले नै कमाएर ऋण तिर्न सक्ने खालका योजना बनाउनु पर्ने बताउनुभयो ।

यस्तै कार्यक्रममा लगानी बोर्डका सीइओ शुशील भट्टले महालेखापरीक्षकले लगानी प्रतिबद्धता अनुसार नआएको भन्दै बेरुजु लेख्न थालेकोमा दुःख लागेको बताउनुभयो । उहाँले नेपालले गुणस्तरीय विदेशी लगानी खोजेको बताउनुभयो । भट्टले अहिले विदेशी लगानी प्रतिवद्धता धेरै भए पनि लगानीमा परिणत नभएको विषय अनुसन्धानको विषय भएको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अहिलेको मुख्य समस्या मुलुकमा रकमको अभाव भएको बताउनुभयो । उहाँले व्यापार घाटा सात महिनामै १० खर्ब नाघेको तर वैदेशिक सहायता बढ्न नसकेकोले अर्थतन्त्रमा समस्या आएको बताउनुभयो । उहाँले अब विदेशी लगानी ठूला उद्योगमा मात्रै नभएर साना तथा मझौला उद्योगमा पनि ल्याउनु पर्नेमा उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया