अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५८ | Colorodo: 14:13

शेयर बजारमा ४१ अंकको गिरावट

बिआरटीनेपाल २०७८ चैत १३ गते ७:३३ मा प्रकाशित

आइतबार पनि शेयर बजारमा उच्च अंकको गिरावट जारी रह्यो । उतार चढावबीच बजार परिसुचक नेप्से ४१ अंकले ओरालो लागेर २५ सय ७२ मा आइ थामियो । कारोबार भने पछिल्ला दिनका तुलनामा सुधारिएर ५ अर्ब नजिक पुग्यो ।

आइतबार कारोबारमा आएका १३ वटा समूहको परिसुचक मध्ये निर्जीवन बीमा समूह बाहेक अरु सबै समूह ऋणात्मक रहे ।निर्जीवन बीमा समूह १ प्रतिशतले सकारात्मक रहँदा सबैभन्दा उच्च अन्य समूह ४ प्रतिशत भन्दा धेरैले घटेकोछ । आज २ सय ३२ कम्पनीको ८९ लाख शेयर ४ अर्ब ९९ करोड बराबरमा खरिदबिक्री भएकोछ ।

आइतबारको कारोबारमा जीवन विकास लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत बढीले कमाएका छन् भने इमर्जिङ् नेपाल, राष्ट्र उत्थान लघुवित्तका लगानीकर्ताल पनि धेरैले कमाएका छन् ।

आइतबारको कारोबारमा मल्टी पर्पाैज फाइनान्स कम्पनी, नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक ५ प्रतिशत भन्दा बढीले गुमाएका छन् । कारोबार रकमको आधारमा आइतबार सबैभन्दा उच्च अपी पावर कम्पनीको २७ करोड ५६ लाख बढीको कारोबार गरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया