अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३२ | Colorodo: 17:47

नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनलाई १२ अर्ब ३० करोड बुझायो

बिआरटीनेपाल २०७८ चैत ९ गते ७:५५ मा प्रकाशित

नेपाल आयल निगमले मार्च महिनाको दोस्रो किस्तावापत इन्डियन आयल कर्पोरेसन(आईओसी) लाई १२ अर्ब ३० करोड बुझाएको छ ।निगमले पेट्रोलियम पदार्थ खरिद गरे वापतको रकम बुधबार आईओसीलाई बुझाएको हो । निगमका अर्थ÷प्रशासन प्रमुख नागेन्द्र साहले दोस्रो किस्ताका लागि मूल्य स्थिरीकरण कोषबाट रकम झिक्न नपरेको बताउनुभयो ।

निगमले हरेक अंग्रेजी महिनाको ८ र २३ तारिखमा आइओसीलाई भुक्तानी गर्दै आएको छ । यसअघि मार्च महिनाको पहिलो किस्ताबापत १४ अर्ब ३० करोड रुपैयाँ बुझाएको थियो ।

उक्त रकममध्ये नपुग ४ अर्ब २५ करोड स्थिरीकरण कोषबाट झिकेर आईओसीलाई बुझाइएको थियो । सरकारले २०७१ चैतदेखि स्वचालित मूल्य प्रणाली लागू गरेपछि पेट्रोलियम पदार्थ र ग्यासको खुद्रा बिक्रीको एक प्रतिशत रकम कोषमा जम्मा गर्दै आएको छ । तर, आईओसीलाई तिर्न अपुग रकम त्यहीं स्थिरीकरण कोषबाट झिक्दै आएको छ ।

प्रतिक्रिया