अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५८ | Colorodo: 19:13

शेयर बजारमा २० अंकले गिरावट

बिआरटीनेपाल २०७८ चैत ९ गते ७:४३ मा प्रकाशित

पछिल्ला दुई दिन दाहोरो अंकले वृद्धि भएको शेयर बजार बुधबार पुनः दोहोरै अंकले ओरालो लाग्यो ।उतार चढावकाबीच बजार परिसूचक नेप्से २० अंकले ओरालो लागेर २६ सय ३० मा आएर थामियो ।कारोबार थप खुम्चिएर २ अर्बमा सीमित भएको छ । कारोबारमा आएका म्युचल फण्ड र व्यापार समूहका परिसूचक बाहेक बाँकी सबै समूह ओरालो लागे ।

जीवन बीमा समूहमा सबैभन्दा उच्च सय अंक माथिको गिरावट आउँदा अरु अधिकांश समूह दोहोरो अंकले ओरालो लागे । कारोबार रकमको आधारमा सबैभन्दा उच्च एन आई सि एसिया बैंकको ८ करोड ४१ लाख माथिको कारोबार भएको छ । कारोबार रकमकै आधारमा एनआइसि एशियालाई जीवन विकास लघुवित्त वित्तिय संस्था र अरुण भ्याली हाइड्रोपावर क्रमश पच्छ्याएका छन् ।

बुधबार राष्ट्र उत्थान लघुवित्तको सकारात्मक सर्किट लाग्दा बुद्ध भूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । बुधबार २ सय २६ कम्पनीको ३९ लाख ८५ हजार कित्ता शेयर जम्मा २ अर्ब ४ करोड बराबरमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया