अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२४ | Colorodo: 00:39

नेपाल र कतारबीच श्रम सम्झौता नवीकरण गर्ने विषयमा सहमति

बिआरटीनेपाल २०७८ चैत ७ गते ८:०४ मा प्रकाशित

नेपाल सरकार र कतार सरकारबीच श्रम सम्झौता नवीकरण गर्ने विषयमा सहमति भएको छ । कतार भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले कतारका श्रममन्त्री डा. अल वीन समिख अल मारीसँग आज भेटवार्ता गर्दै दुई देशबीच श्रम सम्झौता नवीकरण गर्ने विषयमा सहमति भएको हो । बैठकमा कतारका श्रममन्त्री मारीसँग नेपाल–कतार सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा पनि कुराकानी भएको बताइएको छ ।

मन्त्री श्रेष्ठले नेपाल र कतारबीच श्रम सम्झौता नवीकरणका लागि नेपाल सरकारले पठाएको मस्यौदाबारे मारीलाई जानकारी गराएको उहाँको सचिवालयले जनाएको छ । कार्यदलस्तरमा छलफल गरी मस्यौदालाई छिट्टै अन्तिम रुप दिने र नेपालमा हस्ताक्षर समारोह आयोजना गर्ने सहमति भएको हो । मन्त्री श्रेष्ठले समकक्षी मारीलाई हस्ताक्षर समारोहमा उपस्थितिका लागि नेपाल आउन निमन्त्रणा समेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू