अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४६ | Colorodo: 00:01

चिनियाँ राष्ट्रपति सी जिनपिङ र पुटिनबीच टेलिफोन वार्ता , युक्रेन संकट वार्ताबाट समाधान गर्न चीको आग्रह

बिआरटीनेपाल २०७८ फागुन १३ गते ७:११ मा प्रकाशित

चिनियाँ राष्ट्रपति सी जिनपिङले रुसी राष्ट्रपति भ्लादिभिर पुटिनलाई टेलिफोन गरी युक्रेन संकट वार्ताबाट समाधान गर्न आग्रह गर्नुभएको छ । दुई नेताबीच शुक्रबार भएको टेलिफोन सम्बादमा राष्ट्रपति सीले वार्ताबाट समस्या समाधान गर्ने प्रयासमा चीनले रुसलाई समर्थन गर्ने बताएको चीनको सरकारी टेलिभिजन सीसीटिभीले जनाएको छ।

पश्चिमा देशहरुले युक्रेनमाथि रुसले गरेको आक्रमणको निन्दा गरिरहँदा चीनले यसबारे सार्वजनिक प्रतिक्रिया जनाएको छैन। युक्रेन–रुस संकटले चीनका लागि धेरै मोर्चाहरूमा ठूलो चुनौती खडा गरेको छ। यसअघि, चिनियाँ विदेश मन्त्रालयले रुसी आक्रमणलाई ‘आक्रमण’ भन्न अस्वीकार गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू