अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४७ | Colorodo: 18:02

अमेरिकाले युक्रेनमा सेना नपठाउने,युद्ध युक्रेन आफैं लड्नु पर्ने अमेरिकी राष्ट्रपति बाइडेनको भनाइ

बिआरटीनेपाल २०७८ फागुन १३ गते ७:०२ मा प्रकाशित

रुसको सैन्य आक्रमण भोगिरहेको युक्रेनको सहयोगका लागि अमेरिकाले आफ्ना सेना नपठाउने भएको छ।अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा अमेरिकी सेना नपठाउने स्पष्ट पार्दै युद्ध युक्रेन आफैंले लड्नुपर्ने बताउनुभएको छ । तर नेटोमा संलग्न देशहरुको एक इन्च पनि भूमि गुम्न नदिने पनि उहाँको भनाइ छ ।

अमेरिकी राष्ट्रपति बाइडेनले तत्कालका लागि रुस विरुद्ध थप प्रतिबन्ध घोषणा गर्नुभएको छ । जस अनुसार रुसी बैंकहरु, ब्यापारिक समूह, धनाढ्यहरुमाथि प्रतिबन्ध लगाइएको छ ।अमेरिका र उसको गठबन्धनमा रहेका देशहरुले चार वटा रुसी बैंकहरु तथा ब्यापारीहरुका सम्पतिमा रोक लगाउने छन् । त्यसो गर्दा रुसको आयात निर्यात नराम्रोसंग प्रभावित हुने विश्वास अमेरिकाको रहेको छ । त्यस्तै रुसी वित्तीय संस्थाहरुले स्वीफ्ट प्रणाली मार्पmत अन्तर्राष्ट्रिय भुक्तानी दिन पाउने छैनन् ।

युक्रेनमा प्रत्यक्ष सेना नपठाउने बताए पनि राष्ट्रपति बाइडेनले जर्मनीमा रहेको अमेरिकी फोर्सको सहयोगका लागि थप सेना पठाउने भने उल्लेख गर्नुभयो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफैंले यो युद्ध निम्त्याएको भन्दै बाइडेनले अब उनको देशले यसको नतिजा देख्ने चेतावनी पनि दिनुभयो । यसपछि युक्रेनी क्षेत्रमा रुसी विमानहरुलाई उडान प्रतिबन्ध पनि घोषणा हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू