अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५७ | Colorodo: 20:12

संसारभरका मानिसको प्रार्थना युक्रेनका नागरिकका लागि छ : बाइडेन

बिआरटीनेपाल २०७८ फागुन १२ गते ७:०० मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेनले संसारभरका मानिसको प्रार्थना युक्रेनका नागरिकका लागि भएको बताउनु भएको छ । उहाँले युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गरेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्यायपूर्ण कदमको मूल्य चुकाउनु पर्ने बताउनु भएको छ ।

यो आक्रमणबाट हुने क्षतिको एक्लो जिम्मेवार रूस हुने पनि उहाँले बताएका बीबीसीले जनाएको छ । संयुक्त राज्य अमेरिका र यसका मित्र राष्ट्रले एकताबद्ध र निर्णायक तरिकाले यसको जवाफ दिने पनि उहाँको भनाइ छ ।

पूर्वी युक्रेनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य कारबाहीको घोषणा गरेपछि त्यहाँका विभिन्न भागमा विस्फोट भएको बीबीसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू