अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४८ | Colorodo: 18:03

रुसी आक्रमणको नेटोले गर्‍यो निन्दा

बिआरटीनेपाल २०७८ फागुन १२ गते ६:४३ मा प्रकाशित

पछिल्लो एक घण्टाभित्र नेटोले ‘युक्रेनमा रूसको भयानक आक्रमण’ लाई ‘पूर्ण रूपमा अनुचित र अवास्तविक’ भनी निन्दा गरेको छ।बेलायत, अमेरिका र धेरै युरोपेली देशहरु सदस्य रहेको यस रक्षा गठबन्धनले उक्त आक्रमणलाई बढावा गरेकोमा बेलारुसको पनि निन्दा गरेको छ।

‘यो नयाँ आक्रमण संयुक्त राष्ट्र बडापत्र सहित अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लङ्घन हो,’ नेटोले भन्यो। ‘यो एक स्वतन्त्र शान्तिपूर्ण देश विरुद्धको आक्रमण हो,’ नेटोले जारी गरेको विज्ञप्तिमा भनिएको छ-  ‘रूसको कार्यले यूरो–एटलान्टिक सुरक्षामा गम्भीर खतरा खडा गरेको छ। नेटोले सबै सहयोगीहरूको सुरक्षा र रक्षा सुनिश्चित गर्न सबै आवश्यक उपायहरू जारी राख्नेछ।’

यसैबीच मध्य किभमा रहेको युक्रेनी रक्षा गुप्तचर मुख्यालयमा कालो धुवाँ उठेको देखिएको छ। युक्रेनले आफ्नो छिमेकी देशविरुद्ध मस्कोले सैन्य कारबाही सुरु गरेपछि आफ्ना केही सैन्य कमाण्ड सेन्टरहरू बिहीबार बिहान रुसी मिसाइल आक्रमणमा परेको बताएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू