अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५१ | Colorodo: 21:06

रुसले सुरु गर्यो युक्रेनमाथि आक्रमण, कम्तीमा ९ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ फागुन १२ गते ६:२७ मा प्रकाशित

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको छ । रुसी सेनाले आज बिहानदेखि नै युक्रेनको विभिन्न क्षेत्रमा आक्रमण सुरु गरेको छ । युक्रेनस्थित विमानस्थलमा रुसले पहिलो हवाई आक्रमण गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले खबर लेखेका छन् । हालसम्मको अवस्थामा आक्रमणमा परेर ९ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।

रुसले युक्रेनको राजधानी किवमा अहिले आक्रमण गरिरहेको छ भने सीमानामा रहेका युक्रेनी सेनाले रुसी सेना युक्रेनमा प्रवेश गरिसकेको बताएको छ । यसैबीच रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि विश्वका विभिन्न मुलुक र निकायले प्रतिक्रिया जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले रुसले गरेको कारबाहीको कुनै कारण नभएको र यो अनुचित भएको बताउनुभएको छ भने बेलायतका प्रधानमन्त्री बोरिस जोन्सोनले रुसको यो आक्रमण युरोपका लागि सह्य नहुने र यसको जवाफ दिने बताउनुभएको छ ।

यस्तै संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रसले मानवताका आधारमा रुसलाई आफ्नो सैनिक फिर्ता बोलाउनका लागि अपिल गर्नुभएको छ । नेटोले पनि रुसले युक्रेनमाथि गरेको आक्रमण अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू