अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३८ | Colorodo: 19:53

युक्रेनले रुससँग कुटनीतिक सम्बन्ध ताेड्याे

बिआरटीनेपाल २०७८ फागुन १२ गते ६:०० मा प्रकाशित

युक्रेनले रुससँग कुटनीतिक सम्बन्ध तोडेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आज बिहीवारको एउटा प्रेस ब्रिफिङमा बोल्दै रुससँगको कुटनीतिक सम्बन्ध तोडिएको बताउनुभएको बीबीसीले जनाएको छ ।  यसैबीच राष्ट्रपति जेलेन्स्कीले देशभित्र हतियार माग्ने जो कोहीलाई उपलब्ध गराउने बताउनुभएको छ । रुससँगको तनाव बढ्दै गर्दा युक्रेनी नागरिकहरूले आधारभूत सैन्य तालिम लिइरहेका तस्बिर पनि सार्वजनिक भएको थियो ।

आज बिहीवार बिहान पुटिनले युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गर्नुभएको थियो । त्यो घोषणापछि युक्रेनका विभिन्न क्षेत्रमा हवाई आक्रमण भएको छ । रुसी आक्रमणबाट अहिलेसम्म सात जनाको ज्यान गएको युक्रेनले बताएको छ । आक्रमणमा सैन्य एकाइहरूलाई निसाना बनाइएको अधिकारीहरूले बताएका छन् ।  युक्रेनमा रुसले गरेको आक्रमणकाे अमेरिका, बेलायतसहित संयुक्त राष्ट्र सङ्घले कडा निन्दा गर्दै संयमता अपनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू