अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०७ | Colorodo: 23:22

सामाजिक सञ्जालमा भाइरल ‘डिजिटल भिकारी’, क्यूआर कोड देखाएर भिख माग्दै

बिआरटीनेपाल २०७८ फागुन ९ गते ६:५७ मा प्रकाशित

भारतको मध्य प्रदेशस्थित छिन्दवाडाका हेमन्त सुर्यवंशीले हातमा डिजिटल कारोबारको बारकोड लिएर भिख मागिरहेका छन् ।भिख माग्दा मानिसहरुले खुद्रा रकम नभएको भनेपछि आफूले बारकोड र क्यूआर कोडको प्रयोग गर्न थालेको उनको तर्क छ ।

‘जब म भिख माग्छु मानिसहरू खुद्रा पैसा छैन भन्ने बहाना बनाउँछन्,’ उनी भन्छन्, ‘अब म उनीहरूसँग ‘फोन पे’ र ‘गुगल पे’मार्फत् पैसा पठाइदिन आग्रह गर्छु ।’सूर्यवंशीले डिजिटल तरिकाबाट भिग माग्दै आफ्नो दैनिक गुजारा चलाउँदै आएका छन् । डिजिटल प्रविधिको प्रयोग गरेर भिख माग्दा मासिसहरूले सजिलै दिने गरेको उनी बताउँछन् ।

उनी खुसी हुँदै भन्छन्, ‘यसरी माग्दा ५ रुपैयाँभन्दा बढी रकम पाउने गरेको छु ।’ यसअघि नगरपालिका परिषद्का जागिरे सूर्यवंशीले त्यहाँबाट निकालिएपछि भिख माग्न सुरु गरेका थिए । हातमा मोबाइल फोन र क्यूआर कोड लिएर घुमिरहेका उनको भिख माग्ने तरिका सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू