अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३८ | Colorodo: 00:53

सिड्नीमा रेल सेवा ठप्प, तलब र अन्य काम गर्ने वातावरणबारे कर्मचारी र सरकारबीच सहमति हुन सकेन

बिआरटीनेपाल २०७८ फागुन ९ गते ६:४९ मा प्रकाशित

अष्ट्रेलियाको न्यु साउथ वेल्समा चल्ने रेल सेवा आज दिनभर बन्द भएको छ । कर्मचारीको संगठन र न्यु साउथ वेल्सको यातायात विभागबीच भएको छलफलमा सहमति हुन नसकेपछि आज सबै रेल सेवा बन्द गर्ने निर्णय भएको होे ।

न्यु साउथ वेल्स सरकार र रेल, बस तथा ट्राम युनियनबीच तलब र अन्य काम गर्ने वातावरणबारे सहमति हुन नसकेपछि रेल सेवा बन्द भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सरकारले बिहानै जारी गरेको सूचनामा रेल सेवा बन्द रहने जनाएको थियो भने वैकल्पिक यातायातको व्यवस्था गर्न आग्रह गरेको थियो । सिड्नीको रेल सेवा बन्द भएपछि काममा हिँडेका लाखौं यात्रु प्रभावित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू