अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४१ | Colorodo: 22:56

उत्तरी सोमालियामा बम विस्फोट हुँदा १३ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ फागुन ८ गते ७:३९ मा प्रकाशित

सोमालियामा रेष्टुरेन्टमा बम बिस्फोट हुँदा १३ जनाको मृत्यु भएको छ । मध्य सोमालियाको एक शहरमा रहेको रेष्टुरेन्टमा भएको विस्फोटम २० जना घाइते भएका छन् । मृत्यु हुनेहरु अधिकांश सर्वसाधारण रहेको अलजजिराले जनाएको छ ।मृतकमध्ये दुई जना सरकारी अधिकारीहरु पनि रहेका छन् । विस्फोटले भौतिक संरचनामा समेत ठूलो क्षति भएको अधिकारीहरुले जनाएका छन् ।

विस्फोट लगत्तै घाइतेहरुलाई अस्पताल पुर्याईएको थियो । राजधानी मोगादिसुबाट करिब २१० माइल उत्तरमा रहेको क्षेत्रमा संसदीय मतदानको पूर्वसन्ध्यामा विस्फोट भएको समाचारमा जनइएको छ ।

आक्रमणमा एक जना संसंदीय निर्वाचनका उम्मेद्वार पनि रहेको बताइएको छ । सो आक्रमणको जिम्मा सशस्त्र समूह अल शबाबले लिएको छ । सो समुहले पछिल्ला हप्तादेखि विभिन्न स्थानमा सरकारी अधिकारीहरुलाई लक्षित गरी विस्फेट गराउँदै आएको दावी पनि गरेको छ । अल कायदासँग निकट रहेको सो विद्रोही समुहले केन्द्र सरकारलाई ध्वस्त पार्ने चेतावनी दिदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू