अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४७ | Colorodo: 00:02

पुटिन र म्याक्राेबीच टेलिफाेन वार्ता

बिआरटीनेपाल २०७८ फागुन ८ गते ७:४८ मा प्रकाशित

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोबीच टेलिफोन संवाद भएको छ ।आज आइतवार भएको टेलिफोन संवादमा युक्रेन समस्याका विषयमा कुराकानी भएको फ्रान्सको राष्ट्रपति कार्यालयलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । फ्रान्सले यो वार्तालाई रुस र युक्रेनबीचको लडाइँ रोक्ने अन्तिम प्रयासको रूपमा वर्णन गरेको खबरमा उल्लेख छ ।

युक्रेनमा हुन सक्ने ठूलो द्वन्द्वबाट बच्न सम्भवतः अन्तिम र अत्यावश्यक प्रयासको रूपमा आज संवाद भएको अधिकारीहरूले जनाएका छन् । संवादमा फ्रान्सेली राष्ट्रपति म्याक्रोले युक्रेनमा आक्रमण नगर्न र वार्ता गर्न पुटिनसँग आग्रह गर्नुभएको थियो । पुटिन र म्याक्रोबीच दुई हप्ताअघि पनि युक्रेन सङ्कटको विषयमा भेटेरै कुराकानी भएको थियो ।

आज पुटिनसँग कुराकानी गर्नुअघि राष्ट्रपति म्याक्रोले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग पनि कुरा गर्नुभएको थियो । कुराकानीका क्रममा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसले उत्तेजनात्मक सैनिक गतिविधि रोक्नुपर्ने र मस्कोसँग वार्ताको लागि तयार रहेको बताउनुभएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू