अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४६ | Colorodo: 00:01

युरोपमा आँधीमा परेर मृत्यु हुनेको संख्या १६ पुग्यो,लाखौं सर्वसाधारण प्रभावित

बिआरटीनेपाल २०७८ फागुन ८ गते ७:४२ मा प्रकाशित

युनि आँधीका कारण युरोपमा १६ जनाको मुत्यु भएको छ । बेल्जियम, नेदरल्याण्ड, जर्मनी, पोल्याण्ड र बेलायत लगायतका मुलुकमा तीव्र गतिमा आएको आँधीका कारण विभिन्न भौतिक संरचनामा क्षती भएको छ । आँधीका कारण सयौंको संख्यामा हवाइ उडानहरु प्रभावित भएका छन् ।

आँधीले सडक किनारका रुख तथा विजुलीका पोलहरुमा क्षति पुर्याएपछि राजमार्गहरु बन्द भएका छन् भने विद्युत सेवा समेत अवरुद्ध भएको छ । आँधीका कारण उत्तरी सागरमा हराएका २६ वटा कन्टेनहरुहरुको खोजी भइरहेको डच कोष्टर्गाडले जनाएको छ ।

२ सय किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको शत्तिःशाली आँधीका कारण हजारौंको संख्याम सर्वसाधारण प्रभावित भएका छन् ।आँधीमा परेर बेलायत, पोल्याण्ड र नेदरल्याण्डमा चार चार जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । यसैगरी तीन, जर्मनी र बेल्जियममा दुई दुई जनाको मृत्यु भएको छ । फ्रान्समा आँधीका कारण भएको सवारी दुर्घटनामा ३० जना घाइते भएका छन् । प्रभावित क्षेत्रमा हेलिकोप्टरमार्फत खोजी कार्य जारी रहेको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू