अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०३ | Colorodo: 01:18

बेलायतकी महारानी एलिजाबेथलाई कोराेना संक्रमण पुष्टि

बिआरटीनेपाल २०७८ फागुन ८ गते ६:५२ मा प्रकाशित

बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई कोराेना संक्रमण पुष्टि भएको छ । “महारानी एलिजावेथलाई कोभिडको सामान्य लक्षणहरू देखिएपछि परीक्षण गरिएको र परीक्षण रिपोर्टमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ,” विन्ड्सर क्यासल स्रोतले बताएको छ ।उहाँले निवासबाटै हल्का जिम्मेवारीलाई निरन्तरता दिने बताउनुभएको स्रोतले जनाएको छ ।

बेलायतको राजगद्दीका उत्तराधिकारीसमेत रहेका महारानीका जेठा छोरा राजकुमार चाल्र्सले विन्ड्सरमा आफ्नी आमालाई भेटेको दुई दिनपछि फेब्रुअरी १० मा कोभिड सङ्क्रमण पुष्टि भएको समाचार बेलायती सञ्चारमाध्यममार्फत् बाहिरिएको हो । त्यतिबेला महारानी एलिजाबेथ आफैले कोभिड परीक्षण गर्नुभएको थियो वा थिएन भन्नेबारे कुनै जानकारी दिइएको थिएन। उहाँले गत हप्ता दरबारमा केही व्यक्तिहरूसँग भेट्नुभएको थियो । उनीहरूमध्ये एक जना पाहुनालाई कोभिड सङ्क्रमणको स्पष्ट लक्षण देखिएको बताइएको थियो ।

दरबारबाट प्रेषित एक विज्ञप्तिमा भनिएको छ, “‘बकिङहम प्यालेस’द्वारा आइतबार जारी सूचनामा महारानीलाई हल्का लक्षणसहित कोभिड सङ्क्रमण पुष्टि भएको छ ।” विज्ञप्तिमा थप भनिएको छ, “उहाँले हल्का चिसाेको लक्षणहरूको अनुभव गरिरहनुभएको छ । यद्यपि आगामी हप्तामा विन्ड्सरबाटै हल्का खालका जिम्मेवारीलाई सम्हाल्नुहुनेछ ।”

“उहाँको निरन्तर स्वास्थ्य उपचार भइरहने र कोभिडजन्य नियमका सबै आवश्य निर्देशनहरू पालन गर्नुहुनेछ ।” महारानीको स्वास्थ्यको बारेमा सूचनाहरू सामान्यतया गोप्य नै राखिने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू