अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४२ | Colorodo: 19:57

सरकारबाटै राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताविरुद्ध षड्यन्त्र भैरहेको छ : एनेकपा

बिआरटीनेपाल २०७८ माघ २५ गते ६:५८ मा प्रकाशित

एकीकृत नेपाल कम्युनिस्ट पार्टी (एनेकपा) ले राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताविरुद्ध सरकारबाटै राष्ट्रघाती षड्यन्त्र भैरहेको निष्कर्ष निकालेको छ । मंगलवार आठौ केन्द्रीय समितिको पूर्ण बैठकको निर्णय सार्वजनिक गर्दै एनेकपाका अध्यक्ष आलोक रायमाझीले राष्ट्रघाती सरकारी षड्यन्त्र विरुद्ध एक जुट हुन आग्रह गर्नुभएको हो । त्यसका विरुद्ध एनेकपाले देशभक्त र स्वाधीनताको आन्दोलनको नेतृत्व गर्ने उहाँले उद्घोष गर्नुभयो ।

कार्यक्रममा एकीकृत समाजवादीका उपमहासचिव डा विजयकुमार पौडेलले आईपिएसको अभिन्न अङ्ग एमसीसी सम्झौता संसदबाट पास गर्नु असंलग्न परराष्ट्र नीतिमा आधारित संविधानको ठाडै उल्लंघन हुने बताउनुभयो । उहाँले राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षाको निम्ति सबैखालका षड्यन्त्रको विरुद्ध नेपाली जनता जुट्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा एकीकृत समाजवादीका स्थायी समिति सदस्य जनकबहादुर विकले एमसीसी विना संशोधन पारित गर्न नहुने बताउनुभयो ।  एनेकपाले गोपाल किरातीलाई पार्टी अध्यक्षबाट निष्कासन गरेको जानकारी पनि गराएको छ । किराँतीले अध्यक्षमा रहँदा गम्भीर प्रकारको गद्धारी गरेको निष्कर्ष निकाल्दै केन्द्रीय समितिको पूर्ण बैठकले अध्यक्ष सहित पार्टीको विधान वमोजिम साधारण सदस्य समेत नरहने गरि कारवाहि गरिएको अध्यक्ष रायमाझीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू