लगातार तेस्रो दिन सोमवार पनि कोरोनाका थपिने सङ्क्रमितको भन्दा निको हुनेको सङ्ख्या धेरै भएको छ । पछिल्लो २४ घण्टामा ८ हजार १ सय ९१ जना निको भएका छन् भने ५ हजार २ सय ९२ जना सङ्क्रमित थपिएका छन् । निको भएका थप ८ हजार १ सय ९१ जनासहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ८ लाख ६२ हजार ८ सय ९८ पुगेको छ ।
अहिले नेपालमा ७९ हजार २ सय ७२ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै कोरोना सङ्क्रमणका कारण २४ घण्टामा ८ जनाको ज्यान गएको छ । थपिएका ८ जनासँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ७ सय ४३ पुगेको छ ।
यस्तै थप ३ लाख ६६ हजार ६ सय ३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म १ करोड ६६ लाख ७० हजार ७ जनाले कम्तीमा १ मात्रा, १ करोड ४२ लाख ४ हजार दुई सय ७० जनाले २ मात्रा र ३ लाख ६९ हजार २ सय २६ जनाले बुस्टर मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।