अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५९ | Colorodo: 17:14

युक्रेनसँगको तनाव समाधान हुने संभावना क्षीण – रुसी राष्ट्रपति पुटिन

बिआरटीनेपाल २०७८ माघ १५ गते ४:४३ मा प्रकाशित

रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले अमेरिकाले रुसको सुरक्षा चिन्ताको वेवास्ता गरेको आरोप लगाउनु भएको छ । फ्रान्सका राष्ट्रपति इमानएल म्याक्रोंसँगको टेलिफोन सम्वादमा पुटिनले युक्रेनलाई एटलान्टिक सहयोग संगठन नेटोले सहयोग गर्नु गलत भएको भन्दै अमेरिकाले युक्रेनको मामिलामा कुटनैतिक चाल चालेको आरोप लगाउनु भएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले रुसले युक्रेनमा हमलाको तयारी गरेकोे भन्दै सचेत रहन युक्रेन लगाएत पश्चिमा राष्ट्रहरुलाई आग्रह गर्नु भएको थियो । ह्वाइट हाउसमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै बाइडनले रुसले युक्रेनमा आगामी फेब्रुअरीमा आक्रमण गर्न सक्ने चेतावनी दिनुभएको हो ।यसैबीच रुसले तनाव समाधान हुने सम्भावना निकै कम रहेको बताएको छ । अमेरिकाले आफ्नो प्रमुख माग अस्वीकार गरेकाले तनाव समाधानको सम्भावना निकै कम भएको रुसले जनाएको छ ।

रुसले सैन्य गठबन्धन नेटोमा युक्रेनको प्रवेश बन्देज गरिनुपर्ने माग गरेको छ । तर अमेरिकाले भने सो माग स्पष्ट रुपमा अस्वीकार गरेको छ । रुसले पछिल्लो केही हप्तामा युक्रेनसँगको सीमा क्षेत्रमा करिब एक लाख सैनिक तैनाथ गरेको छ । अमेरिकासहितका पश्चिमा राष्ट्रले यसलाई युक्रेनमाथि रुसी आक्रमणको तयारी भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू