अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५३ | Colorodo: 20:08

नेपालमा थप १० हजार ३ सय १९ जनामा कोरोना पुष्टि

बिआरटीनेपाल २०७८ माघ १० गते ६:२८ मा प्रकाशित

पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार ३ सय १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २१ हजार २ सय एक जनाको नमुना परीक्षण गर्दा ४८ दशमलव ६७ प्रतिशत अर्थात् १० हजार ३ सय १९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।पछिल्लो दुई हप्तादेखि सङ्क्रमण दर ५० प्रतिशतको हाराहारीमा रहेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

यस्तै थप दुई हजार पाँच सय ४० जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ८ लाख २४ हजार २ सय ३९ पुगेको छ । अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ८२ हजार ५ सय ५० जना पुगेको छ । अहिले देशभरि २ सय ३८ जनाको आईसीयू र ४३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

२४ घण्टामा थप ४ जनाको ज्यान गएसँगै सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ५ सय ५९ पुगेको छ । यसैबीच पछिल्लो २४ घण्टामा १ लाख १९ हजार ३ सय ७१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म १ करोड २९ लाख ६६ हजार जनाले पूर्ण मात्रा र १ लाख ६८ हजार ९ सय जनाले अतिरिक्त मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू