अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४३ | Colorodo: 23:58

प्रधानमन्त्री देउवाले निर्वाचन आयोग पदाधिकारीसँग पुनः छलफल गर्ने

बिआरटीनेपाल २०७८ माघ १० गते ६:२९ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनबारेमा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्नुहुने भएको छ । स्थानीय तहको निर्वाचनबारे छलफल गर्नेगरि प्रधानमन्त्री देउवाले आयोगका पदाधिकारीहरुलाई मंगलबार बालुवाटारमा बोलाउनुभएको बताइएको छ ।

सत्तारुढ गठबन्धन आगामी कात्तिक वा मंसिरमा तीनै तहको निर्वाचन गर्ने विषयमा सहमति नजिक पुगेका छन् ।तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने यसको चर्को विरोध गर्दै निर्वाचन सारिए आफूहरुलाई मान्य नहुने चेतावनी दिएको छ ।

तर, सत्तापक्षीय गठबन्धनले भने तीनै तहको निर्वाचन एकै चरणमा गर्नेगरि छलफल अघि बढाएको छ । यसको लागि स्थानीय तह निर्वाचन ऐन संशोधन गर्नेगरि तयारी थालेको छ । यता निर्वाचन आयोगले तीनै तहको निर्वाचन एकै चरणमा गर्न नसकिने भन्दै आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू