अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३७ | Colorodo: 21:52

तोकिएकै समयमा निर्वाचन गर्न कानूनविद्को सुझाव

बिआरटीनेपाल २०७८ माघ ८ गते ७:१४ मा प्रकाशित

कानूनविद्हरुले स्थानीय तहको निर्वाचन निर्धारित मितिमा नै हुनुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा उनीहरुले स्थानीय तहको निर्वाचन संविधानले तोकेको समयसीमामा नै हुनुपर्नेमा जोड दिएका हुन् । वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र महतोले स्थानीय स्थानीय तह निर्वाचन ऐन प्रदेशसभाको नक्कल भएकोले त्रुटिपूर्ण रहेको बताउनु भयो । एकै पटक निर्वाचन गर्ने नाउँमा सात वटा प्रदेशसभालाई विघटन गर्ने अधिकार संघ सरकारसँग नरहेको उहाँको जिकिर छ ।

वरिष्ठ अधिवक्ता डाक्टर सुरेन्द्र भण्डारीले संकटको समयमा मात्रै संसद र प्रदेशसभाको निर्वाचन वर्ष दिनसम्म लम्ब्याउन पाइने उल्लेख गर्दै अहिले संकट नभएकोले यथासमयमै निर्वाचन गराउनु पर्नेमा जोड दिनुभयो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले एकै चरणमा तीन तहकै निर्वाचन गरिनुपर्छ भन्ने कुरा कपटपूर्ण र लोकतन्त्रबिरुद्धको षड्यन्त्र भएको दाबी गर्नु भयो ।

त्यस्तै नेकपा (माओवादी केन्द्र)का नेता डाक्टर खिमलाल देवकोटाले सबै दल र आम नागरिकहरु स्थानीय तहको चुनाव गर्नुपर्ने भनेर लागिरहेकाले संशय नगर्न आग्रह गर्नुभयो । नेता देवकोटाले यसअघि प्रतिनिधिसभाको चुनाव र प्रदेशसभाको चुनाव एकै पटक गरिएको भन्दै यसपटक पनि त्यसलाई सँगै लिएर जाने कुराको बहस गर्न आवश्यक रहेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू