अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३७ | Colorodo: 17:52

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण १६ जनाको ज्यान गयो, १० हजार २ सय भन्दा बढी सङ्क्रमित

बिआरटीनेपाल २०७८ माघ ८ गते ७:१४ मा प्रकाशित

नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १६ जनाको ज्यान गएसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय ५१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १० हजार २ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २० हजार १ सय ८७ जनाको नमूना परीक्षण गर्दा ५० दशमलव ९७ प्रतिशत अर्थात १० हजार २ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७ सय ८ जना निको भएका छन् । यो सहित कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख २० हजार २ सय ८३ जना पुगेको छ । अहिले नेपालमा ७२ हजार ८ सय ६२ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा १ लाख ९६ हजार ८ सय ५७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू