अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०१ | Colorodo: 00:16

नेपालमा थप १२ हजार ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ माघ ६ गते ६:३२ मा प्रकाशित

पछिल्लो २४ घण्टामा १२ हजार ३ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २७ हजार ४ सय ९७ जनाको नमूना परिक्षण गर्दा ४४ दशमलव ८७ प्रतिशत अर्थात् १२ हजार ३ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज संक्रमण पुष्टि भएका मध्ये ६ हजार ९ सय ८१ जना काठमाण्डौ उपत्यकाका रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ६ सय ४९ जना निको भएका छन् । थप ४ जनाले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका मन्त्रालयले जनाएको छ ।

अहिले देशभर गरी ५७ हजार ३ सय २८ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा २ लाख ३४ हजार २ सय १४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू