अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३० | Colorodo: 04:45

भारतमा मानव आकृति भएको बाख्राको पाठो हेर्न मानिसको भीड

बिआरटीनेपाल २०७८ पुष १५ गते ६:३५ मा प्रकाशित

भारतको आसाम धौलाई विधानसभाको गंगा नगर गाउँमा एउटा बाख्राले अनौठो पाठोलाई जन्म दिएको छ । यही २७ डिसेम्बरमा बाख्रोले मान्छेको जस्तै अनुहार देखिने पाठो जन्माएको हो । विभिन्न भारतीय संचार माध्यमका अनुसार यो घटना २८ डिसेम्बरमा मात्रै बाहिर आएको हो । यस्तो पाठो जन्मेको खबर सुन्ने बित्तिकै त्यसलाई हेर्न मानिसहरुको भीड लागेको थियो । तर पाठो भने जन्मेको आधा घण्टामै मरेको थियो । पाठोको दुईओटा खुट्टा र कान बाहेक बाँकी शरीर मानिसको बच्चा जस्तै थियो । यो खबर सुन्ने वित्तिकै गाउँमा पाठो हेर्न मान्छेको भिड लागेको थियो ।

पाठो मरेपनि यो घटना भारतमा चर्र्चाको बिषय बनेको छ । यस अघि गत जुलाईमा पश्चिम बंगालको परगान जिल्लाको सरस्वती मण्डलमा एउटा बाख्राले दुईवटा पाठोलाई जन्म दिएको थियो । जसमा एउटा सामान्य थियो भने अर्को पाठोको आठवटा खुट्टा रहेको थियो । सन् २०२० नोबेम्बरमा उत्तर प्रदेशको कानपुर शहरमा एउटा बाख्राले बादरको बच्चा जस्तो देखिने पाठोलाई जन्म दिएको थियो । यो घटना पछि त्यहाँका मान्छेहरुले भगवानको अवतार मानेर पुजा समेत गरेका थिए ।

तर त्यो पाठो मरिसकेको छ । पशु चिकित्सकहरुका अनुसार जनावरका यस्ता अनौठो बच्चा जन्मिनु जनाबरको वंशानुगत विकृति र जीनमा भएको परिवर्तन नै मुख्य कारण हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू