अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२७ | Colorodo: 14:42

बेइजिङ ओलम्पिकः तिब्बतीयनमाथि चीनको कडा निगरानी

बिआरटीनेपाल २०७८ पुष १५ गते ५:४६ मा प्रकाशित

बेइजिङ ओलम्पिकको पूर्वसन्ध्यामा चिनियाँ अधिकारीहरुले तिब्बतीयनमाथिको यात्रा प्रतिबन्ध झन कडा पारेका छन् । क्षेत्रीय राजधानी ल्हासामा प्रहरीको उपस्थिति बाक्लो पारिएको छ । सो क्षेत्रमा सुरक्षा सतर्कता कडा पारेर चीनले तिब्बतीयनको गतिविधि सीमित पार्दै लगेको छ ।

गत सोमबार चीनको सूचना सेवाले ओलम्पिक खेलमा सहभागी हुन जानेलाई निगरानी गरिने जनाएको थियो । ल्हासाबाहेक सिगात्से, चामदो, ड्रागो, नग्बा र रेबकोङमा पनि सुरक्षा व्यवस्था कडा पारिएको प्राप्त विवरणहरुमा जनाइएको छ । ल्हासामा प्रहरी र सुरक्षाकर्मीको उपस्थिति बाक्लो पारिएको छ ।

त्यहाँ जाने व्यक्तिहरुमाथि कडा निगरानी र सोधपुछ गरिएको छ । प्रहरीले होटेल, रेस्टुरेन्ट र पसलहरुमा पनि खानतलासी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू