अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०१ | Colorodo: 16:16

इजरायलले भोलिदेखि लागू हुने गरी ५५ देशको यात्रा प्रतिबन्ध हटाउने

बिआरटीनेपाल २०७८ पुष १४ गते ८:०१ मा प्रकाशित

इजरायलले ५५ देशमा लगाएको यात्रा प्रतिबन्ध फुकुवा गर्ने भएको छ । मन्त्रिपरिषद् र संसदीय समितिको स्वीकृतिपछि भोलिदेखि लागू हुने गरी यात्रा प्रतिबन्ध सहज हुने इजरायलको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो निर्णयसँगै धेरैजसो अफ्रिकी देशहरू प्रतिबन्धको सूचीबाट मुक्त हुनेछन् । साथै जर्मनी, डेनमार्क, इटाली, स्वीडेन, आयरल्याण्ड, बेल्जियम, फिनल्याण्ड र नर्वे लगायतका केही युरोपेली देशहरू पनि प्रतिबन्धको सूचीबाट हट्नेछन् । तर मेक्सिकोलाई भने खतराको रातो सूचीमा थपिनेछ । साथै संयुक्त अरब इमिरेट्स, संयुक्त राज्य अमेरिका, इथियोपिया, बेलायत, दक्षिण अफ्रिका, हंगेरी, तान्जानिया, नाइजेरिया, स्पेन, पोर्चुगल, फ्रान्स, क्यानडा, स्विट्जरल्याण्ड टर्की पनि रातो सूचीमा पर्नेछन् ।

प्रतिबन्धित देशहरूबाट फर्केका इजरायलीहरू, खोप लगाएका र निको भएकाहरू कम्तीमा सात दिनको लागि क्वरेन्टिनमा बस्नुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू