अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४३ | Colorodo: 16:58

फ्रान्समा एकै दिन कोरोना भाइरसका १ लाख ८० हजार सङक्रमित भेटिए

बिआरटीनेपाल २०७८ पुष १४ गते ७:५९ मा प्रकाशित

फ्रान्समा दैनिक एक लाख ८० हजारकाे संख्यामा कोरोना भाइरसका नयाँ सङक्रमित भेटिन थालेका छन् । पछिल्लो २४ घण्टामा फ्रान्समा एक लाख ७९ हजारभन्दा धेरैमा सङक्रमण पुष्टि भएको छ ।

यो संख्या युरोपकै अहिलेसम्मकै सर्वाधिक उच्च संख्या रहेको छ । युरोपका सबै देशले ओमिक्रोन भेरियन्ट नियन्त्रण गर्न सङ्घर्ष गरिरहेका छन् । तर इटली, ग्रीस, पोर्चुगल र इङ्ग्ल्यान्डमा कीर्तिमानी सङ्ख्यामा सङ्क्रमणहरू पुष्टि भएका छन् । क्रिसमसका कारण परीक्षणका परिणामहरू आउन ढिलो हुनुलाई आँकडा बढ्नुको आंशिक कारण मानिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले युरोपमा बढ्दो सङ्क्रमणले स्वास्थ्य प्रणालीमा थेग्नै नसक्ने किसिमको चाप उत्पन्न गराउनसक्ने चेतावनी दिएको छ । तर अध्ययनहरूले डेल्टाभन्दा ओमिक्रोन भेरियन्ट कमजोर रहेको र त्यसका कारण अस्पताल भर्ना हुनुपर्ने अवस्था ३० देखि ७० प्रतिशत कम हुने देखाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू