अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२३ | Colorodo: 14:38

अमेरिकामा आइसोलेशनमा बस्ने अवधि आधाले घटाइयो : फ्रान्समा थप कडाइ

बिआरटीनेपाल २०७८ पुष १३ गते ६:३९ मा प्रकाशित

अमेरिकाले लक्षण नदेखिएका कोरोना भाइरस सङ्क्रमित आइसोलेशनमा बस्ने अवधि आधाले घटाएको छ । आइसोलेशन अवधि दश दिनबाट घटाएर पाँच दिन कायम गरिएको हो ।सेन्टर्स फर डिजिज कन्ट्रोलले त्यसपछिका पाँच दिनमा मास्क लगाउन सुझाव दिएको छ । कोभिड सङ्क्रमण बढ्दै गएपछि अमेरिकाभरिको यात्रा अस्तव्यस्त हुँदा पछिल्लो घोषणा गरिएको हो ।

ओमिक्रोन भेरियन्टले अस्पतालमा भीडभाड बढाउने जोखिम रहँदा राष्ट्रपति जो बाइडेनले परीक्षणमा रहेका कमजोरीसँग जुझ्ने प्रतिबद्धता जनाउनुभएको छ । पछिल्लो विवरणबारे जानकारी दिँदै सीडीसीकी निर्देशक रुसेल वुलेन्स्कीले नयाँ परिवर्तनहरूले मानिसहरूले सुरक्षित रूपमा आफ्नो दैनिक जीवनलाई निरन्तरता दिने सुनिश्चित गरेको बताउनुभएको छ ।

अमेरिकामा पछिल्ला दुई दिनमा दैनिक दुई लाखभन्दा बढी सङ्क्रमणका घटना देखा परेका छन् । यसैबीच फ्रान्सले ओमिक्रोन भेरियन्टका कारण प्रतिबन्धमा कडाइ गरेको छ । कर्फ्यु वा लकडाउन नलगाइए पनि सबैलाई मास्क अनिवार्य गरिएको छ । कर्मचारीहरूलाई कम्तीमा तीन दिन घरबाटै काम गर्न भनिएको छ । पछिल्लो व्यवस्थामा ठूला भेलालाई सीमित बनाइएको छ र लामो दूरीका गाडीमा खान र पिउन प्रतिबन्ध लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू