अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४३ | Colorodo: 08:58

लिबियाको समुद्री किनारमा २७ शव भेटियो

बिआरटीनेपाल २०७८ पुष १२ गते ७:११ मा प्रकाशित

लिबियाको पश्चिमी तटीय क्षेत्रमा ठुलो संख्यामा आप्रावासीको शव फेला परेको छ । तटीय क्षेत्र खोम्सको समुद्री किनारमा एक बालक र दुई महिला सहित २७ जनाको शव फेला परेको हो ।

यसलाई लिबियाको इतिहासमा त्रासदीपुर्ण घटनाको रुपमा ब्याख्या गरिएको छ । फेला परेको शवहरु प्राय कुहिएको अवस्थामा रहेका छन् । लिबियामा हरेक बर्ष आप्राबासीहरु चढ्ने गरेको पानीजहाज अत्यधिक भारका कारण दुर्घटना हुने गरेको छ ।

यसैबीच संयुक्त राष्ट्रसंघले लिबियामा पछिल्लो समय पानीजहाज दुर्घटना हुँदा १ सय ६० जनाको मृत्यु भएको जनाएको छ । जसमा अधिकांश सिरियाली शरणार्थीहरु रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू