अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१८ | Colorodo: 11:33

अफगानिस्तानमा महिलालाई लामो दुरीको एकल यात्रा गर्न तालिबानको प्रतिबन्ध

बिआरटीनेपाल २०७८ पुष १२ गते ७:०४ मा प्रकाशित

तालिबानले अफगानिस्तानमा एकल महिलालाई लामो दुरीको सडक यात्रामा प्रतिबन्ध लगाएको छ । तालिबानले सडकबाट लामो दुरीको यात्रा गर्न चाहने अफगानी महिलालाई पुरुष आफन्तको साथमा मात्रै यातायात उपलब्ध गराउने बताएको छ ।

तालिबानको प्रवर्द्धन तथा उपकारको रोकथाम मन्त्रालयले जारी गरेको पछिल्लो निर्देशनले ४५ माइल अर्थात ७२ किलोमिटर भन्दा बढी यात्रा गर्ने महिला परिवारका नजिकका पुरुष सदस्यसँगै हुनुपर्ने बताएको छ । हिजो जारी गरिएको यो निर्देशन अगस्टमा इस्लामवादी समूहले सत्ता कब्जा गरेपछि महिला अधिकारमाथिको पछिल्लो प्रतिबन्ध हो ।

अधिकांश माध्यमिक विद्यालयहरू किशोरीहरूको लागि बन्द छन् भने अधिकांश महिलाहरूलाई यस अघि नै काम गर्न प्रतिबन्ध लगाइएको छ । अफगानिस्तानमा तालिबानले लगाउदै आएको प्रतिवन्धका कारण विश्वव्यापी रुपमा बिरोध पनि हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू